नियम २२
गम्भीर घटना वा घटनाको जाँच गराउन सक्ने
(१) यस नियमावलीमा अन्यत्र
जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले नेपालको इलाकाभित्र भएको
वायुुयानको गम्भीर घटनाको सम्बन्धमा जाँच गराउन सक्नेछ ।
तर गम्भीर घटनाको सम्बन्धमा महानिर्देशकले प्राविधिक टोली खटाई
प्रारम्भिक प्राविधिक प्रतिवेदन लिन कुनै बाधा पर्ने छैन ।
स्पष्टीकरण :- यस परिच्छेदको प्रयोजनको लागि “गम्भीर घटना” भन्नाले कुनै
वायुयानको दुर्घटना नभएको तर दुर्घटना हुन सक्ने संकेत गरेको घटना सम्झनु पर्छ ।
(२) उपनियम (१) बमोजिम महानिर्देशकले प्रारम्भिक प्राविधिक प्रतिवेदन
लिएकोमा सोको एकप्रति मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि
महानिर्देशकले नेपालको इलाकाभित्र भएको घटनाको जाँच गराउन सक्नेछ ।
स्पष्टीकरण :- यस परिच्छेदको प्रयोजनको लागि “घटना” भन्नाले वायुयान
सञ्चालनसंँग सम्बन्धित उडान सुरक्षामा प्रभाव पार्ने वा पार्न सक्ने दुर्घटना
बाहेकको अन्य अवस्था सम्झनु पर्छ ।